भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण

२१ जेष्ठ २०७७, काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित क्वारेन्टाइनमा रहेका एक स्वास्थ्यकर्मी माथि साँघातिक आक्रमण भएकाे छ । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टाइनमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम घाइते भएका भएका छन् ।

क्वारेन्टाइनमा केही व्यक्तिको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुलाई बुधबार डिस्जार्च गर्ने क्रममा आरडिटी परीक्षण गरिएको थियो । आरडिटीमा पोजिटिभ देखिएपछि उनीहरुले कोरोना सारेको भन्दै आलम माथि आक्रमण गरेको बुझिएकाे छ ।

आक्रमणबाट आलमको टाउकोमा चोट लागेको छ । सरकारले दोषिलाई कारबाही नगर्दा सम्म यस किसिमको घटना दोहोरि रहने भन्दै अालमले ऐन नआउने हो भने भोलि ठुलो दुर्घटना हनसक्ने संकेत गरे । सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी र दोषिलाई कारबाही गर्नुपर्ने माग उनकाे छ ।