भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

चौथो व्यक्तिमा पनि  कोरोना भाइरस संक्रमणको पुष्टि

१४ चैत, काठमाडौं । चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेकामा संक्रमणको पुष्टि भएको हो । चौथो व्यक्तिमा पनि संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरे । उनी दुबईबाट आएर चैत ११ गते अस्पताल भर्ना भएका थिए । ३४ वर्षका पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

 


Thali Mobile Pvt.Ltd.