भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जनावरलाई थापेको विद्युतीय धरापमा परिन् बालिका, युवकलाई लाग्यो ज्यान मुद्दा

जनावरलाई थापेको विद्युतीय धरापमा परिन् बालिका, युवकलाई लाग्यो ज्यान मुद्दा

सिराहा,चैत २६ । सिराहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा विद्युतीय धरापमा परेर १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको छ।जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ।यसैबीच धराप थापेको आरोपमा प्रहरीले गोलबजार-९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ।गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो।घरबाट घाँस काट्न जान्छु भनी हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन्।

बालिका हराएको १३औँ दिन चैत १२ मा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो।त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा चैत २४ गते सार्कीलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ।अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ बजे सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप थापेको र केही बेरमै बालिका चिच्याएको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.