भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ

यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ

मुगु, २५ बैशाख । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा अनुमति बिना यार्सागुम्बा संकलन गर्न जाँदै गरेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार विभिन्न यार्सा पाटन क्षेत्रमा प्रवेश गर्न खोजेका जुम्लाको पातारासी गाउँपालिका–१ र २ का एक बालिकासहित २५ जनालाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक रविराज थपलियाले अनुमति बिना वन क्षेत्रमा प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार यसअघि पनि अनधिकृत रूपमा यार्सा टिप्न गएकाहरूलाई पक्राउ गरी सम्बन्धित स्थानमा फर्काउने गरिएको थियो । यसपटक भने नियन्त्रणमा लिएकाहरूको बयान लिएर हाजिरी जमानीमा छोडिने बताइएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले हालसम्म यार्सागुम्बा संकलनका लागि आधिकारिक अनुमति खुलाएको छैन । यार्सा संकलनको समय नजिकिँदै गर्दा जिल्लाका विभिन्न पाटन क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

मुगुका दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा स्थानीयको मुख्य आम्दानीको स्रोत मानिन्छ । यार्सा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, कालिकोट लगायत जिल्लाका साथै भारतबाट समेत सङ्कलकहरू पुग्ने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.