भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ

यार्सागुम्बा टिप्न गएका २५ जना मुगुमा पक्राउ

मुगु, २५ बैशाख । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा अनुमति बिना यार्सागुम्बा संकलन गर्न जाँदै गरेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार विभिन्न यार्सा पाटन क्षेत्रमा प्रवेश गर्न खोजेका जुम्लाको पातारासी गाउँपालिका–१ र २ का एक बालिकासहित २५ जनालाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक रविराज थपलियाले अनुमति बिना वन क्षेत्रमा प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार यसअघि पनि अनधिकृत रूपमा यार्सा टिप्न गएकाहरूलाई पक्राउ गरी सम्बन्धित स्थानमा फर्काउने गरिएको थियो । यसपटक भने नियन्त्रणमा लिएकाहरूको बयान लिएर हाजिरी जमानीमा छोडिने बताइएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले हालसम्म यार्सागुम्बा संकलनका लागि आधिकारिक अनुमति खुलाएको छैन । यार्सा संकलनको समय नजिकिँदै गर्दा जिल्लाका विभिन्न पाटन क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

मुगुका दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा स्थानीयको मुख्य आम्दानीको स्रोत मानिन्छ । यार्सा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, कालिकोट लगायत जिल्लाका साथै भारतबाट समेत सङ्कलकहरू पुग्ने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.