डिएसपी हुँ भन्दै फोन गरी धम्क्याउने व्यक्ति पक्राउ

डिएसपी हुँ भन्दै फोन गरी धम्क्याउने व्यक्ति पक्राउ

काठमाडाैं । आफूलाई डिएसपी हुँ भन्दै मोबाइलमा फोन गरी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । नक्कली डिएसपी बनेका बब्लु झालाई पक्राउ गरेको हो ।

उनले कात्तिक १३ गते आफू कालिमाटी वृत्तको डिएसपी भएको भन्दै बानेश्वर बस्दै आएका चन्दु झालाई फोन गरी धम्क्याएका थिए । प्रहरीले चन्दु झाले दिएको उजुरीको आधारमा खोजतलास गर्दा बब्लु झा पक्राउ परेका हुन।

 


Thali Mobile Pvt.Ltd.