भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

थप २०१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुग्यो (भिडियो सहित)

थप २०१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुग्यो (भिडियो सहित)

२१ जेठ २०७७ बुधबार, काठमाडौं । आज थप २०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

१७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो । हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/864102207334091/

नेपालमा अहिले सम्म २७८ जना उपचारपछि घर फर्किएका छन् । आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो । संक्रमण देखिएकामध्ये हालसम्म ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको छ ।

८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको छ । मुलुकभर १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा राखिएको छ । संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ।