३ जेष्ठ २०७७ काठमाडौं । शनिबार थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै नेपालमा संक्रमित संख्या २७८ पुगेको छ ।
महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि आज बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो ।
आजमात्रै ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने हाल सम्म कोरोना संक्रमितमध्ये मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।