भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण,नेपालमा संक्रमितको संख्या १०७२८ पुग्याे (भिडियाे)

थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण,नेपालमा संक्रमितको संख्या १०७२८ पुग्याे (भिडियाे)

२०७७ असार १० बुधबार काठमाडौं । नेपालमा २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने  डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ ।

कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/290344102331597/

कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि
कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा कैलालीका १० महिला र ४७ पुरूष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै २ सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो । अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा १२ जनाको उपचार भइरहेको जनाइएको छ ।

एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. सुधा देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा. सुधा देवकोटालाई दिएका छन् । स्वास्थ्य मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका छन् ।

महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा. रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो ।

बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने

पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ। बागमती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ शय्या रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो। वि.सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो। हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । डा बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ।