भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दैलेखको सात्तलामा मनाइयाे भैलाे पर्व, सस्कृती संरक्षणमा स्थानीय युवाकाे चाँसाे

दैलेखको सात्तलामा मनाइयाे भैलाे पर्व, सस्कृती संरक्षणमा स्थानीय युवाकाे चाँसाे

सात्तला दैलेख । मध्यपश्चिम क्षेत्रमा चर्चित सातालाको भैलो सम्पन्न भएको छ । अछाम, दैलेख, कालिकोट, जुम्ला, जाजरकोटलगायत विभिन्न जिल्लाबाट संस्कृति जोगाउने र मनोरञ्जन लिने देउडाका पारखीहरू सात्ताला आएर देउडा खेल्ने गर्दछन् । महिला र पुरुषले भब्यताकासाथ खेल्ने देउडा अहिले देश तथा विदेशमा समेत प्रख्यात भएको छ ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रकी चर्चित देउडा खेलाडीको बेजोड प्रस्तुतीले यहाँ देउडाका पारखी मात्रै होइन, यसबाट आनन्द लिने मानिसको घुइचोले यसदिन सात्तालामा बस्ने ठाउँ सम्म पनि मुस्किल पर्छ ।

यसैबीच २०७९ को भैलो खेल्न चर्चित देउडा गायक पानसारा थापा र मध्य तथा सुदूरपश्चिम क्षेत्रका प्रख्यात देउडा खेलाडी जया थापा (ठाँटीकाँध) को उपस्थितिर उनीहरुको कलाले बाँके नेपालगञ्ज, कैलाली, कञ्चनपुरक्षेत्रका मानिस समेत साताला पुगे । आठबीस नगरपालिका वडा नं १ मा अवस्थित सात्तलामा मनाइने भैलो यस क्षेत्रमा प्रसिद्धि कमाएको छ ।

देउडा खेल सहित असोज २८ गते सम्पन्न भैलोमा स्थानीय भाषामा जात्रु हेनै आएका जात्र्यालाहरुले भरिएको हो । विभिन्न जिल्लाबाट आएका जात्रालुहरु सहभागि भएर निकै उत्साहकासाथ यो भैलो खेलिएको आठबीस नगरपालिकाका प्रवक्ता बीरबहादुर माक्र्सवादीले बताए । तिथि अनुसार असोज २३ गते मनाउने भने पनि खराव मौसमका कारण यो वर्ष असोज २८ गते नै मनाउनु परेको उनको भनाइ छ ।

चाँसोकासाथ स्थानीय सरकारले असोज २८ गते भैलो मनाउने निर्णय गरेको थियो । किम्वदन्ती अनुसार महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको भन्ने जनविश्वास रहिआएको छ । त्यो बेलाको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुसीयाली स्वरूप विजय यात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको छ ।

भैलाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 

त्यसैको एक हिस्साका रुपमा सात्तालामा खेलिने भैलोलाई लिइन्छ । पहिले पहिले राजा रजौटाहरूले आफ्ना भाई भारदारलगायत जनतालाई आत्म रक्षाको लागि खेतीको काम सकिएपछि फुर्सतको समयमा ढाल तरवार खेल्न सिकाउने र आक्रमणका दृष्टीकोणले भावी पुस्तालाई अझ जब्बर भएर सिप सिकाउने माध्यमका रुपमा पनि भैलौ, भूओ र भस्सोको रुपमा लिइने गरेको थियो ।

पहिले पहिले राजा रजौटाहरुले मनोरञ्जन लिनका लागि खेलिएपनि हाल यो पर्व मनोरञ्जनका साथै संस्कृती बचाउने र कला प्रर्दशनको माध्यमका रुपमा लिनेगरेको मेयर तर्क बडुवालले बताए । दैलेखको सात्तलामा मनाइने यो भैलो जात्रामा केटा केटीदेखि वृद्धवृद्धासम्मकाले देउडा, दोहोरी खेल्ले भएकाले यो भैलो रोचक मात्रै होइन, पर्यटक आउने गन्तव्य पनि हो ।

स्थानीय मात्रै होइन, राजनैतिक घोचपेचका सवाल जवाफ पनि सान्दार रुपमा कलामा कुदेर प्रस्तुत गरिन्छन् । टाढा टाढाबाट पनि मानिसहरु आउने भएकाले पनि त्यस दिन यहाँ बेहूली जस्तै सिंगारिएको जस्तै देखिन्छ । पञ्चे बाजा गाजाका साथ मनाइने भएकाले अझ आकर्षण नै बन्ने गरेको छ ।

हातमा ढाल तरवारलिई सामुहिक रूपमा खेलिने नाँच मुख्य आकर्षण मानिन्छ । यहाँको अति रोचक प्रसंग त के छ भने यो पर्व अर्थात भैलो खेलेको स्थान (खेतमा) अर्को वर्ष अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहि आएको छ । भूवो अर्थात भस्सो पनि खेलिने भएकाले खेल्नु पूर्व उक्त स्थानमा देवीलाई पूजा–आजा गरी बलीसमेत चढाउने परम्परा छ ।

अन्तमा भैलो विसर्जन गर्ने प्रचलन छ । विसर्जन गर्ने कार्यलाई यहाँको स्थानीय भाषामा सेलाउने भन्ने गरिन्छ । भस्सो जात्रालाई भुवा पर्व पनि भन्ने गरिन्छ । यस्तो पर्व लोक सस्कृति अनुसार पश्चिम नेपालको बाजुरा, बझाङ, दार्चुला तर्फपनि खेलिने गरेको छ । भारतको उत्तराखंड क्षेत्रमा समेत यस सस्कृतिको प्रभाव परेको देख्न सकिन्छ ।

धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूण भएकाले पनि यहाँ हरेक वर्ष असोज महिनामा भैलो, भस्सो र भूवा पर्व मनाउने गरिन्छ । पर्वमा कलाकार तथा राष्ट्रिय कालाकारहरुको बेजोड घम्साघम्सी पर्ने भएकाले पनि स्थानीय सरकारले यसलाई सहजिकरणमा भूमिका खेल्ने गर्दछ ।