भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

धनुषा बम बिस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु

धनुषा बम बिस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । गएराती भएको शक्तिशाली बम बिस्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटमा परी प्रकाश, निक्कीकुमारी र भिखारी साह घाइते भएका छन् । प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धरान लगिएको छ । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले बताएकाे छ । प्रहरीले घटनाको तिब्र रुपमा अनुसन्धान अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.