लण्डन । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले बलात्कृत भएको बताएकी छन् । फिल्म निर्माता हार्बे विन्स्टनबाट बलात्कृत भएको खुलाएकी हुन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको एक अन्तरवार्तामा बताएकी हुन् ।
च्यानल ४ न्युजका लागि उनले दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । आफूले यस्तो कुरा हार्बे विन्स्टनसँग त्यसबेला नै भने पनि बेवास्ता गरेको बताइन् । ‘मलाई एक बिहानको अझै सम्झना छ, उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्याकतिर धकेल्यो र रेप गर्यो ,’ उनले भनिन् ।
उबाट म उम्किन खोजे पनि सकिनँ ।’ अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि नभनेको पनि बताएकी छन् ।
यस्तै हार्बेले आफूलाई ‘केन्स फिल्म फेस्टिबल’को कोठाभित्र बसिरहेका बेला पनि बलात्कार गरेको दावी गरेकी छन् । केही वर्षअघि अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ ।