२०७७ जेठ २४ शनिबार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या १२ पुगेको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सुर्खेतमा अस्थायी बसोबास गर्ने ती पुरुषको होम क्वारेन्टाइनमा नै मृत्यु भएको हो । सुर्खेतबाट १६ गते डोल्पा पुगेका उनको जेठ २० गते मृत्यु भएको हो। भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोलीले २ दिनपछि उनको स्वाब ल्याएका थिए ।
पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो । यो सहित नेपालमा कोरोना भाइरस पोजिटिभ देखिएकाको मृत्यु संख्या १२ पुगेको छ भने कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ ।