११ असार २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका ४३४ सहित नेपालमा संक्रमितकोपछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ।
भिडियाे …
https://www.facebook.com/Kailashkhabarnews/videos/706827333212796/
कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ भने हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी रहेको छ।
घट्दै छ क्वारेन्टाइनमा बस्नेको संख्या
कोरोना संक्रमणको फैलावटलाई रोक्ने प्रभावकारी उपाय मध्येको एक हो क्वारेन्टाइन । जहाँ कोरोनाको शंकास्पद व्यक्तिलाई १४ दिनसम्म विशेष निगरानीमा राखिन्छ। कुनै पनि शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ ।
तर नेपालमा भने तीनै क्वारेन्टाइन, रोग सर्ने थलो जस्तै बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ९८ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन । संक्रमण देखिएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा नै बसेका व्यक्तिहरु हुन् ।
क्वारेन्टाइन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । तर त्यो मापदण्ड कागजमा मात्र सीमित भएको विज्ञहरुको आरोप छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार अधिकांश क्वारेन्टाइन मापदण्ड विपरित सञ्चालित छन् । त्यसैले त, क्वारेन्टाइनबाट नै उल्टै संक्रमणको जोखिम बढीरहेको छ ।
विज्ञहरु भन्छन्, स्वास्थ्य मन्त्रालयले परीक्षण नै नगरी घर पठाउने गलत निर्णय गरेका कारण । मन्त्रालय भन्छ, भारतबाट नेपाल प्रवेश गर्नेको संख्या घटेकाले ।