साउन १ गते, २०७७ शङ्खरापुर । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा प्रशासन शाखामा ताला लगाइदिएको छ ।
स्वतन्त्र कर्मचारी युनियनले करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको भन्दै ताला लागाएको हो । अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएको युनियनले जनाएको छ ।
महामारीका समयमा रोजगारी खोसिनु राम्रो नभएको भन्दै छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने माग युनियनले गरेको छ ।