भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रदर्शन, प्रहरी हान्याे लाठी र फाेहाेरा

पीसीआर परीक्षणका लागि बालुवाटारमा प्रदर्शन, प्रहरी हान्याे लाठी र फाेहाेरा

२७ जेठ २०७७ काठमाडौं । भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको, काेराेना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूकाे टीमले बालुवाटारमा प्रदर्शन गरेको छ ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेकाे भन्दै नारा जुलुस गर्दा प्रहरीले पानीको फोहोरा र लाठी प्नहार गरेकाे छ । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेकाले पानीको फोहोरा हानेकाे महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले बताए ।

आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग युवाहरूले परिक्षण नगरी कोरोना संक्रमितलाई समेत घर पठाउने गरेकाेले  प्रदर्शनमा उत्रनु परेकाे बताएका छन् । यस्ताे अवस्थामा पनि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको भन्ने कुराकाे हिसाब दिनु पर्ने माग समेत गरेका छन् ।