भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘प्रतिकुल अवस्थामा जहाजहरु ग्राउन्डेड गरिने’

‘प्रतिकुल अवस्थामा जहाजहरु ग्राउन्डेड गरिने’

काठमाडौँ । जहाजको संख्याअनुसार माग नहुने अवस्थामा जहाजहरु ग्राउन्डेड गर्ने र स्टाफलाई बेतलवी विदामा बस्न प्रोत्साहन गर्ने वायुसेवा सञ्चालक संघ, नेपालले बताएको छ ।

कोरोनाभाइरसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको र यसको प्रत्यक्ष प्रतिकुल प्रभाव हवाई क्षेत्रमा समेत देखिएको भन्दै यस्तो निर्णय गरेको हो । यस्तो अवस्थामा स्टाफको सेवा सुविधा समेत कटौती गर्ने निर्णय गर्दै वायुसेवा सञ्चालकको बैठकले नेपालको आन्तरिक हवाई उडानमा ४ अर्बभन्दा बढी आम्दानी घट्ने अनुमान गरेको छ ।

दुई महिना यता आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकको संख्या ४० प्रतिशतले घटेको भन्दै बुकिङहरु धमाधम रद्द हुन थालेको संघले जनाएको छ । चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत, मध्यपूर्वी मुलुकमा कोरोनाको प्रकोप देखिएकोले हवाई बुकिङ रद्द हुने क्रम अझ बढ्ने संघको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.