भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

प्रहरीले ठाँउको ठाँउ समात्यो अमेरिकी नागरिक

प्रहरीले ठाँउको ठाँउ समात्यो अमेरिकी नागरिक

काठमाडौं । इन्टरपोलको कालोसूचीमा रहेका बाल यौनदुराचार अपराधमा एक अमेरिकन नागरिकलाई अध्यागमनले विमानस्थलमै पक्राउ गरेको छ । प्रिया द्वारकडासलाई अध्यागमले पक्राउ गरेको हो । सोमबार एक दिन थुनामा राखी मंगलबार उनलाई अमेरिका नै फर्काइएको छ ।

बाल यौनदुराचार मुद्दामा दोषी भई जेल बसेर छुटेको खुलेपछि फर्काएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । बाल यौन दुराचारसम्बन्धी अपराधकै लागि नेपाल आएको आशंकामा अध्यागमनले फर्काइदिएको हो । उनको पासपोर्टमा नै बालयौनदुराचार मुद्दामा जेल बसेर छुटेको व्यक्ति भनेर उल्लेख गरिएको थियो ।

पर्यटकको आवरणमा धेरै विदेशी बाल यौन दुराचारका लागि नेपाल आउने गरेको खुलेको छ । गत २२ मंसिरमा मात्र सिआइबीले एक अमेरिकन नागरिकलाई सिनामंगलबाट पक्राउ गरेको थियो ।