भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फरार चार प्रतिवादी पक्राउ

फरार चार प्रतिवादी पक्राउ

तनहुँ । विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् । लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । गुरुङ चार वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका–२ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते दश दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । अधिकारी पनि चार वर्षपछि पक्राउ परेका हुन् । यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई रु २५ लाख दिनुपर्ने माग छ ।

 


Thali Mobile Pvt.Ltd.