भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भारतद्वारा फेरी सीमा नजिककाे भूमि कब्जा गर्ने प्रयास

भारतद्वारा फेरी सीमा नजिककाे भूमि कब्जा गर्ने  प्रयास

९ असार २०७७ फिदिम । फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने एक पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको छ । सरकारी अध्ययन टोलीले निष्कर्ष निकाल्दै नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको हो ।

भारतले नेपाली भू–भागमा भौतिक संरचना निर्माण अवरोध गर्नुका साथै स्थानीयवासीलाई मानसिक तनाव दिएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । उक्त स्थानबाट पूर्वतर्फ भारतमा संरक्षित क्षेत्रका रूपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र उक्त स्थानमा भौतिक संरचना निर्माण गर्न नसकिने भएपछि भारतीय पक्षले नेपाली भूभाग कब्जा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

गत वैशाख अन्तिम साता उक्त स्थानमा सङ्ग्रहालय निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो । भारतीय वन कर्मचारीको स्वार्थअनुसार उक्त क्षेत्रलाई भारततर्फ पार्न भारतीय सीमा सुरक्षा बलले नेपालमा अनावश्यक दबाब दिने गरेको अध्ययन टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ ।