स्याङ्जा। बिरुवा गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रशाद शर्माको अध्यक्षतामा आर्थिक वर्ष ०७६र०७७ को बजेट माथी सम्सोधन प्रस्ताब पारित भएको हो । सम्पन्न गाउसभामा ३४ करोड २१ लाख ३ हजारको संसोधित बजेट अनुमान पेश भएको बिरुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।
सभामा वडा न १ का वडाध्यक्ष युबराज के सि, वडा न ८ का वडाध्यक्ष प्रकाश थापा, वडा नं. ५ का वडाध्यक्ष इन्द्र प्रसाद पौडेल, उपाध्यक्ष देबि कुमारी थापालगाएतले जनस्तरबाट योजना छनोट भई आएकाले जनताका वास्तविक समस्यामा केन्द्रीत भएर बजेट बाँडफाड गरिनु पर्नेमा जोड दिए ।
चालू आर्थिक वर्षको हाल सम्म ३० % बजेट खर्च भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले प्रगती प्रतिबेदन पेश गरेका थिए । गाँउपालिकाका सबै वडामा अन्लाइन घटनादर्ता सुरु भएको जानकारी दिदै सुवेदीले डिजिटल नागरिक बडापत्र पनि सुरु गरिएको बताए । चुनप्रसाद सर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न ८ का वडाध्यक्ष प्रकाश थापाले सम्सोधन प्रस्ताब पेश गरेका थिए । प्रस्तुत साे संसाेधन प्रस्ताव सर्बसम्मतीबाट पारित भएकाे थियाे ।