२७ जेठ २०७७ भारत, भगेन्द्र रेग्मी । हिमाचल प्रदेशकाे सुन्दर जिल्ला लाहुलमा काम गर्ने नेपालीहरू काेराेना भाइरसबाट सुरक्षित रहेका छन् । करिव १० हजारकाे हाराहारीमा मजदुरी गरेर बसेका नेपाली अहिले पनि दिनहु कामकाजमा व्यस्त छन् ।
लाहुलकाे गोन्दलामा पाँच, छ वर्ष देखि मजदुरी गर्दै आएका जुम्लाका राजेश बुढाले नेपालमा काम नपाइने भएकाले प्रवासमा मजदुरी गर्नु पर्ने बाध्यता रहेकाे बताए । प्रवास भएपनि दाजुभाइ जस्तै सम्वन्ध गाँसेर गाउँलेहरूसंग मिलेर बस्दा रमाइलै लागेकाे बताए ।
त्यस्तै मजदुरी गरेरै जीन्दगी धानेका जुम्लाकै परे बोहोरा पनि लाहुलमा काम गर्न पाएकाेमा खुसी छन् । संघ, प्रदेश र स्थानीय सरकार त बने तर जनताका लागि सरकार बनेन् भन्ने उनकाे गुनासाे छ । सरकारले राेजगारीका अवसर बनाएकाे भए साहेद यसरी मजदुरी गरेर बस्नु पर्ने अवस्था नहुने थियाे भन्छन् उनी ।
विभिन्न जिल्लाबाट यहाँ ज्याला मजदुरी गर्ने हजार भन्दा बढी नेपाली पहाडका चट्टान फुटाएर जीवन चलाइरहेका छन् । भारतमा मजदुरी गर्न बाध्यता भएकाे र नेपालमा काम पनि नपाइने, विकासमा आएकाे बवेट पनि जनप्रतिनिधिलाइ नै नपुग्ने भएकाले विसुद्व आफ्नै कमाइमा जीवन यापन गर्नका लागि भारत आएकाे दैलेख जिल्ला ठाटिकाध गाउँपालिका वडा न ३ का भगेन्द्र र धन्कुमारीले बताए । यीनीहरूले करीव छ वर्ष देखि मजदुरी गर्दै, बालबच्चा पढाउदै आएका छन् ।
हिन्दीमा अध्यन गरेपनि भाेली नेपालमा गएर जनताकाे सेवामा काम गर्न लगाउने उनीहरूकाे भनाइ छ । दैलेख, जुम्ल्ला, हुम्ला, मुगु, कालिकाेट, जाजरकाेटलगायत मध्य तथा सुदुरपश्चिमका मानिस प्राय हिमाचल प्रदेशमा मजनुदरी गर्ने गरेका छन् ।
यहाँ करिब १५ जना पीडब्लुडी र खेती किसानकाे काम गर्दै आएका छ्न् । मटर, टमाटर, काउलीकाे सिजनमा मनग्य अाम्दानी हुने गरेकाे कालिकाेटका राजेशकाे भनाइ छ । अहिले विश्व कोरोना भाइरसकाे महामारीकाे चपेटामा परेका बेला नेपाल झन भयावहकाे स्थितिमा जानलागेका बेला सरकार झन् सचेत र गम्भिर बन्नु पर्ने जुम्लापातरासि गाउँपालिका वडा १ पेरेका राजेश, राजु, रारा छायानाथ नपा सोभा गाउँका हेम राजकाे सूझाव छ ।
Public Work Dipartment मा काम गरिरहेका नेपाली त काेराेनाबाट बच्न व्यक्तिगत सुरक्षा अपनाउन पनि सुझाव दिन्छन् । भयावहकाे अवस्था आउन नदिन स्थानीय सरकार गम्भिर बन्नु पर्ने सुझाब उनीहरू दिन्छन् । अहिले नेपाल जान नचाहेकाे भन्दै उनीहरूले भारतबाट गएका दाजुभाइ बढी संक्रमित भएर गएकाले सबै सुरक्षित भएर बस्नु एक मात्र विकल्प भएकाे उनीहरूकाे बुझाइ छ ।