भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

मन्त्रीकै टेवलमा आँउछ मापदण्ड विपरितको पानी

मन्त्रीकै टेवलमा आँउछ मापदण्ड विपरितको पानी

काठमाडौं । मापदण्ड विपरितका खाद्यबस्तुको विगविगी बजारमा मात्रै होईन, मन्त्रीको टेवलसम्म पुगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन फितलो हुँदा मापदण्ड विपरितका खाद्यबस्तुको विगविगी भेटिएको हो ।

मन्त्रालयले आफ्नो प्रगति र भावी कार्ययोजनाबारे जानकारी दिन मन्त्रालयमै आइतबार पत्रकार सम्मेलन गरेको कार्यक्रममा पिउने पानी भन्दै बोतल दिएको र उक्त बोतलमा लेबल नै थिएन । ‘एकुवा हन्ड्रेड ब्राण्ड’को पिउने पानीका बोतलमा लेबल उल्लेख नहुनु उपभोक्ता संरक्षण ऐन २०७५ विपरित भएको सहभागीले बताए।

उपभोक्ता संरक्षण ऐनको दफा ६ (२) को ‘च’मा उत्पादकले आफुले उत्पादन गरेका बस्तुको बिक्री मूल्य, व्याच नम्बर र उत्पादन मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्रालयमा मन्त्री लेखराज भट्ट र सचिव बैकुण्ठ अर्याललाई दिइएको पानीमा भने उत्पादन मिति, व्याच नम्बर केही पनि उल्लेख थिएन ।

उक्त बोतलहरुमा लेबल उल्लेख नभएको भेटेपछि सो पानी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीको जिम्मा लगाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.