भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘मर्निङ वाक’मा निस्केका २६ जना कारबाहीमा

‘मर्निङ वाक’मा निस्केका २६ जना कारबाहीमा

पर्वत । लकडाउनको उल्लंघन गर्दै ‘मर्निङ वाक’मा निस्केका २६ जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले उनिहरूलाइ कारबाही गरेको हाे ।

कोरोना भाइरस फैलन सक्ने जोखिमका कारण आम नागरिकलाई ‘मर्निङ वाक’मा नजान भन्दै सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै ‘मर्निङ वाक’का लागि निस्किएकालाई नियन्त्रणमा लिइएको कार्यालयले बताएकाे छ ।

पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सदरमुकाम कुस्मा बजारबाट दुर्लुङ्चोक हुँदै गोदामतर्फ ‘मर्निङ वाक’का लागि हिँडेकाहरूलाई प्रहरीले दुर्लुङचोकमा नै नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका २६ जनालाई चोकमा नै सामाजिक दूरी कायम हुने गरी उभ्याएर आधा घण्टासम्म सम्झाइबुझाइ गरेर छोडिएको छ।