कैलाली । मंसिर ४ गते हुने निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । प्रतिनिधिसभा प्रदेश सभाका उम्मेदवारलाई जिताउनका लागि दलहरु चुनावी मैदानमा होमिन थालेका छन् ।
एकले अर्काका गलत कुराको भण्डाफोर गरेर मत आफ्नो पक्षमा तान्न हौसिएका छन् । यसैवीच संयुक्त लोकतान्त्रिक बाम गठबन्धन दल कैलाली क्षेत्र नं. २ प्रदेश सभा (क) को महिला भेला सम्पन्न भएको छ । निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनका लागि आवह्वान गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाली क्षेत्र २ का उम्मेदवार भगत बहादुर बडुवालले जित्नै पर्ने आवश्यक्ता औल्याए ।
यो लडाई देश भक्त र देशघातीबीच भएको बडुवालले बताए । त्यसैगरी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कैलाली क्षेत्र नं २ (क) का उम्मेदवार कमल बहादुर शाहले जनतामा एमालेले भ्रम फैलाइरहेको आरोप लगाए ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नं. २ (ख)का उम्मेदवार नन्द बहादुर साउदलाई जिताउन अनुरोध गरे । महिला परिचालन समिति निर्वाचन क्षेत्र नं. २ कैलालीको आयोजनामा भएको भेलामा गठबन्धनका दलले देशघातीहरुलाई हराउनै पर्ने जिकिर गरे ।
व्यवस्था वदल्नका लागि नेपाली महिलाले जनयुद्धलाई साथ दिएर गणतन्त्र स्थापना गरेको र अब अवस्था बदल्नका लागि महिलाले नै सहास गर्नु पर्ने केन्द्रीय सदस्य विमला सिङले बताइन् ।
कार्यक्रममा सबै महिला एकजुट भएर चुनावमा होमिनु पर्ने गीता गर्तौलाले बताइन् । पछिल्लो समय कैलालीमा सबै राजनैतिक दलले चुनावी माहोल तीब्र बनाउदै गएको कैलालीबाट सुष्मा गिरीले बताइन् ।