भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

माथिल्लोको निर्देशन र आदेशमा चल्ने कि न्यायको लागि संघर्ष ?

माथिल्लोको निर्देशन र आदेशमा चल्ने कि न्यायको लागि संघर्ष ?

जहाँ न्याय क्षत्रमा काम गर्ने न्यायाधीशहरु आफ्नो कर्तव्यप्रति पूर्णरूपमा जिम्मेवार भएर काम गरेका हुन्छन्, अदालत तथा न्यायलय स्वतन्त्र, निश्पक्ष, निस्वार्थ सेवभावका साथ आफ्नो काम गरेका हुन्छ्न् ।

त्यहाँ त्यो देशका जनताले जहाँ, जता गएपनि मौलिक हक र अधिकारमा कुनै कुरा कानूनमा उल्लेख भएबमोजिम उलंघन गरिएका हुँदैन, गाँस, बास, कपास, शिक्षा,स्वास्थ्य लगायत सबै बाँच्न पाउने अधिकार सरकारले प्रत्याभूति दिइएको हुन्छ । कहिलेकाही कुनै पनि तवरले कोही पनि नगरिक असुरक्षित भएमा गलत गर्नेलाई आवश्यक सजाय र पीडितलाई न्याय दिइएको हुन्छ ।

यो एक सुशासनको लक्षण हो र सुरुवात हो । मानव समाज परिवर्तनशील छ, भन्ने कुरामा आजको यस युगमा आइपुग्दासम्म ज्ञात नहुने मान्छे कमै होलान् । जो सधैं अबुझ भएर नै बस्न र बाँच्न चाह्न्छ । धेरै मान्छे परिचीत छन्, समय र समाज परिवर्तन हुनेबारेमा । हिजो मानव उत्तपति जंगली युगबाट बर्तमान समयसम्म आइपुग्दा समाजका धेरै चरणहरु पार भए ।

ढुङ्गे युग हुँदै दास प्रथा, भूदास, प्रथा, सामन्ती समाज, पूँजीवादी समाज, सामाजवादी समाज हुँदै साम्यवादी समाजको परिकल्पना जुन छ, त्यो कल्पनामा मात्र सिमित नरही साम्यवादी समाज स्थापना हुने कुरामा कुनै द्विविधा छैन । तर अहिलेको विभेदकारी वर्गीय समाजले पुरानो रुढीवादी समाजमा जगल्टिएर रहेको मानसिकतालाई मानसपटलबाट त्याग्न सकेको छैन ।

जुन आश्चर्य पनि होइन स्वाभाविक नै हो । यी प्रत्यक व्यवस्थामा जहाँ जुन व्यबस्था स्थापित छ र निरन्तरता पाएको छ, त्यहाँ त्यही अनुसार काम कार्वाही र हरेक कार्यशैली चलेको हुन्छ । क्रमश अघिल्लो चरणभन्दा पछिल्लो केही परिवर्तनकारी र परिवर्तनशील छ । तर वर्गीय समाजमा विविध, लडाइ, झगडा, प्रतिस्पर्धा, दाउपेचका कामहरु चलिरहेका नै हुन्छ्न् ।

एकले अर्कालाई विस्थापित गरेर आफू स्थापित हुन चाहेकै हुन्छ । तर संसारका विभिन्न देशहरुमा एकै समयमा एउटै समाजको चरण स्थापित हुँदैन । अझै पनि कतै जंगली र बर्बर समाजका अबशेष बाँकी नै छन् । कुनै देशमा समाजवादी समाजको चरण पनि स्थापित भैसकेका छन् । नेपाल एउटा लामो इतिहास बोकेको विश्वमानचित्रमा चिनिएको भौगोलिक दृष्टिकोणबाट भूपरिबेष्ठित राष्ट्र हो ।

जसको विविधकारणले आफ्नै महत्त्व छ । व्यबस्था जे भएपनि नेपाली पुर्खाहरुको आफ्नै सान छ । पौरख र परिश्रम छ । पसिना, इज्जत छ साथै लगानी छ । हिजोबाट नै एक सभ्यता देश र सभ्य नागरिकको पहिचानको रुपमा चिनिएको एक असल मातृभूमि हो । कसै सामू नझुकेको र शत्रु सामु निडरसाथ लडेको र बहादुरीको उपमा पाएको देश हो ।

तर आन्तरिक कलह, झगडा, पेचापेच र हत्याहिंसाका शृङ्खलाहरु भने बेला बेलामा घटिरहेकै छन् । विभिन्न स–साना राज्यहरु एकजुट गराएर देश एकीकरणमा संग्रही भएपनि सत्ता, स्वार्थ, शक्ति र आर्थिक प्रलोभनबाट कहिल्यै उम्किन सकेको छैन । यति मात्र होइन, प्रजातन्त्रको नाममा भाँडभैलो र भाँडतन्त्रको उदाहरण हेर्नु पर्‍यो भने नेपाललाई सम्झिनु अतिशयोक्ति नहोला ।

प्रजातन्त्रको पूनः स्थापनापछि नेपालमा दलीय व्यबस्थाको स्थापना भयो । विभिन्न नामका राजनीतिक दलहरूको जन्म भयो । दलीय व्यबस्था स्थापना हुनु, विचार अभिव्यक्तिको स्वतन्त्रता पाउनु, वैचारिक र राजनीतिक छलफल र विमर्ष हुनु भनेको मानव समाजको एक स्टेप समाजलाई अगाडि बढाउने र नागरिकरुले व्यक्तित्वको विकास गर्न पाउने अबसर हो ।

तर प्रजातान्त्रिक परिपाटीका र समाजवाद ठूलै गफ दिनमा माहिर आफ्नै पार्टीभित्र मन नपरेको व्यक्तिका विरुद्ध, सत्ता स्वार्थ र विभिन्न प्रलोभनमा, बैचारिक विमतिका कुराले होइन, परेर जिम्मेवारमान्छेलाई पाप्रो काटेजस्तो गरी काट्ने, माछामारे जस्तै गरि मार्ने, निर्दोष मान्छेको हत्या गर्ने व्यक्ती नै तिनीहरु हुन् । यो कुनै प्रजातन्त्र र लोकतन्त्र पक्ष र गुणभित्र पर्छ, कुनै मार्क्सवादी विचार र कार्यशैली अन्तरगत पर्छ ?

विगतदेखि पंक्तिकारले यी केही लाइन कोरिरहँदासम्मको अनुभवलाई केलाउने हो भने जनताले न्यायको अनुभूति पहिले गर्ने भन्ने प्रशन अहिले बहुँमत नेपालीको जिब्रोमा टाँसिएको प्रश्न हो । तर जवाफ पाइएको छैन । न्यायको त कुरै नगरौं । अड्डा छन्, अदालत छन्, सरकार छ, कार्यपालिका र न्यायपालिका अनि कानून बनाउने सभा छ, निकाय छ, गाउँ गाउँमा स्थानीय सरकार छ ।

पुलिस छ प्रशासन छ । तर आ–आफ्नो जिम्मेवारी के हो त्यसबारे ध्यान नै छैन । बलियो अनि माथिल्लोको आदेश र निर्देशनमा चल्ने परिपाटी छ । दैनिक दिन बालबालिका चोरिएका छन् । कयौं हत्या र हिंसाका घटनाहरु घटिरहेका छन् । महिला बलात्कृत भएका छन् । विभिन्न बहानामा निर्दोष नागरिकहरुको हत्या गरिएको छ ।

हत्या, अपराध र ज्यान मार्ने मुद्दामा समेत जेलमा राखिएका व्यक्तिलाई साँसद, मंत्री बन्ने र राज्यका विभिन्न निकायमा अबसर दिने गरिएको छ । विचार ,दर्शन, आफ्नो अस्मिता बेचेर खाने, बाहिर बाहिर साम्यवादी र मार्क्सवादी दर्शनका कुरा गर्ने यी नेपालका सबै सत्ताधारी राजनीतिक दलहरु विदेशीको सामू लम्पसार परेर झुक्ने विदेशी एकातिर पूँजीपरस्त भएको प्रमाण समेत छर्लग छ ।

अझ उनीहरुको गुणगान गर्नु उचित हो । होइन भने हामीले न्यायको खोजी गर्ने बेला आएको छ । न्ययाको खोजी गर्ने वा त्यही इज्जत र अस्मिता बेचेर खाने भिखारी बन्ने प्रवृति बेलैमा सोच्नु जरुरी छ । नेपाली नागरिकहरुले उचित न्याय पाउने अहिलेको यो व्यबस्था सम्भावना कम भएकाले माग्ने मात्र होइन, विकल्प संघर्ष गरेर खोस्नेतिर ध्यान दिनु आजको अपरिहार्य आवश्यक्ता भएको छ ।

 


Thali Mobile Pvt.Ltd.