भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८३ शनिबार नेपाल पुलिस क्लबमा हुने

कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८३ शनिबार नेपाल पुलिस क्लबमा हुने

काठमाण्डौ,२२ जेठ । “कर्णालीको पर्यटन प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।

शनिबार (जेठ २३ गते) काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना हुने भएको हो। नरहरिनाथ गाउँपालिका, कालिकोट र कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौँको संयुक्त आयोजनामा हुने महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको आयोजककाे भनाइ छ ।

महोत्सवमा कर्णाली प्रदेशका १० जिल्ला- कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेत-का मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा र जीवनशैली झल्काउने विविध सांस्कृतिक प्रस्तुति गरिने छ ।

आयोजकका अनुसार विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहहरूले लोकनृत्य, लोकगीत, देउडा, झ्याउरे, पञ्चेबाजा, चम्पा नाच, मागल, हुड्के नाचलगायत परम्परागत झाँकी प्रस्तुत गर्नेछन्।

त्यसैगरी महोत्सवमा कर्णालीका अर्गानिक कृषि उपजहरूको प्रदर्शनी पनि गरिनेछ। जुम्लाको मार्सी धान, फापर, सिमी, ओखर, जडीबुटी, कोदो, चिनो, कागुनो लगायतका उत्पादनहरू प्रदर्शनमा राखिने आयोजकले जनाएको छ।

यस कार्यक्रमले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप परिचित गराउँदै स्थानीय अर्थतन्त्र, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजकले कर्णालीप्रेमी, पर्यटन व्यवसायी, संस्कृति अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई कर्णालीको मौलिक पहिचान प्रवर्द्धन गर्न आग्रह गरेको छ। साथै विभिन्न पर्यटकीय स्थलहरूकाे फाेटाेसमेत प्रर्दशन गरिने जनाइएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.