भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो

काठमाण्डौ, २३ जेठ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ६ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ ।

अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो । पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो ।

गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ थियो । त्यस्तै ठूलो अण्डाको मूल्य ४९०, मिडियम अण्डाको ४०० तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३ सय रूपैयाँ थियो ।

किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् । उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.