भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

राजदूत बन्न झण्डै तीन हजारको प्रतिस्पर्धा, खुला आवेदनमा अभूतपूर्व आकर्षण

राजदूत बन्न झण्डै तीन हजारको प्रतिस्पर्धा, खुला आवेदनमा अभूतपूर्व आकर्षण

काठमाडौँ, २३ जेठ । विभिन्न देशका राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत आह्वान गरेको आवेदनमा झण्डै तीन हजार जनाको सहभागिता भएको छ।

इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढाइएकाले यसप्रति उल्लेखनीय आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गत जेठ १४ गतेदेखि आवेदन आह्वान गरेको थियो। आवेदन दिने समयसीमा शुक्रबार सम्पन्न भएको छ।

मन्त्रालयका अनुसार अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएका छन्। सरकारले विभिन्न मुलुकका लागि १३ राजदूत तथा स्थायी प्रतिनिधिको पदपूर्तिका लागि आवेदन माग गरेको थियो। यसअघि राजनीतिक नियुक्तिबाट नियुक्त भएका विभिन्न मुलुकका राजदूतहरूलाई फिर्ता बोलाइएपछि ती पद रिक्त भएका थिए।

तत्कालीन सरकारले विभिन्न १० देशका राजदूतलाई फिर्ता बोलाएको थियो भने वर्तमान सरकारले पनि राजनीतिक नियुक्तिबाट आएका केही राजदूतलाई पदमुक्त गरेको थियो। त्यसपछि रिक्त भएका पदहरूमा खुला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

परराष्ट्र मन्त्रालयले प्राप्त सबै आवेदनको रुजु, प्रमाणीकरण तथा मूल्याङ्कन प्रक्रिया सम्पन्न गरेपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारहरूको संसदीय सुनुवाइ हुनेछ।

सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट सम्बन्धित व्यक्तिलाई राजदूत वा स्थायी प्रतिनिधिका रूपमा नियुक्त गरिनेछ। खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने सरकारको निर्णयलाई कूटनीतिक क्षेत्रमा पारदर्शिता र योग्यता प्रणाली सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.