भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजदूत बन्न झण्डै तीन हजारको प्रतिस्पर्धा, खुला आवेदनमा अभूतपूर्व आकर्षण

राजदूत बन्न झण्डै तीन हजारको प्रतिस्पर्धा, खुला आवेदनमा अभूतपूर्व आकर्षण

काठमाडौँ, २३ जेठ । विभिन्न देशका राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत आह्वान गरेको आवेदनमा झण्डै तीन हजार जनाको सहभागिता भएको छ।

इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढाइएकाले यसप्रति उल्लेखनीय आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गत जेठ १४ गतेदेखि आवेदन आह्वान गरेको थियो। आवेदन दिने समयसीमा शुक्रबार सम्पन्न भएको छ।

मन्त्रालयका अनुसार अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएका छन्। सरकारले विभिन्न मुलुकका लागि १३ राजदूत तथा स्थायी प्रतिनिधिको पदपूर्तिका लागि आवेदन माग गरेको थियो। यसअघि राजनीतिक नियुक्तिबाट नियुक्त भएका विभिन्न मुलुकका राजदूतहरूलाई फिर्ता बोलाइएपछि ती पद रिक्त भएका थिए।

तत्कालीन सरकारले विभिन्न १० देशका राजदूतलाई फिर्ता बोलाएको थियो भने वर्तमान सरकारले पनि राजनीतिक नियुक्तिबाट आएका केही राजदूतलाई पदमुक्त गरेको थियो। त्यसपछि रिक्त भएका पदहरूमा खुला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

परराष्ट्र मन्त्रालयले प्राप्त सबै आवेदनको रुजु, प्रमाणीकरण तथा मूल्याङ्कन प्रक्रिया सम्पन्न गरेपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारहरूको संसदीय सुनुवाइ हुनेछ।

सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट सम्बन्धित व्यक्तिलाई राजदूत वा स्थायी प्रतिनिधिका रूपमा नियुक्त गरिनेछ। खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने सरकारको निर्णयलाई कूटनीतिक क्षेत्रमा पारदर्शिता र योग्यता प्रणाली सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.