भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा ‘कक्रोच जनता पार्टी’को दिल्ली प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग

भारतमा ‘कक्रोच जनता पार्टी’को दिल्ली प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग

एजेन्सी, २३ जेठ । भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आज राजधानी दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ।

विशेषगरी शिक्षामन्त्रीविरुद्ध केन्द्रित यो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्टीले परीक्षा अनियमितता र शैक्षिक प्रणालीमा देखिएका समस्याको विरोध गर्दै आन्दोलन अघि बढाएको हो।

पार्टीका संस्थापक अभिजीत डिप्के हाल अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नुभएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग पनि जोडिनुभएको बताइएको छ।

उहाँले मे १६ मा व्यङ्ग्यात्मक शैलीमा ‘कक्रोच जनता पार्टी’ (CJP) स्थापना गर्नुभएको थियो, जसले छोटो समयमै सामाजिक सञ्जालमा व्यापक ध्यान आकर्षित गरेको छ।

यो अभियान सर्वोच्च अदालतका एक टिप्पणीपछि सुरु भएको बताइएको छ, जसमा युवालाई आलोचनात्मक रूपमा ‘कक्रोच’ र ‘परजीवी’ भनिएको थियो। त्यसपछि उक्त शब्दलाई व्यङ्ग्यात्मक रूपमा अपनाउँदै आन्दोलन अघि बढाइएको हो।

पार्टीले केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ। साथै, आन्दोलनलाई शान्तिपूर्ण राख्न र भीडभाड नगर्न समर्थकलाई आग्रह गरिएको छ। खबर अनुसार, भारतीय शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.