भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत गरी यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाउन लागिएको बताउनुभयो । “मुुलुकका सबै जातजातिले यो वा त्योरुपमा मनाउने साझा सांस्कृतिक पर्व माघे सङ्क्रान्ति हो । माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जेजस्ता कुरा उपभोग गर्छ ती सबै कृषि जैविक विविधतासँग जोडिएका छन्”, उहाँले भन्नुभयो ।

माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जैविक विविधतामा नेपाल धनी मानिए पनि पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सीर्जितकारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ । रैथाने कृषि जैविक विविधता बाली, घाँसेवाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवं जिम्मेवारी रहिआएको छ ।

नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय एवं भौगोलिक विविधातायुक्त मुलुक हो । संसारमा पाँच हजार पाँच सयको सङ्ख्यामा खान मिल्ने वनस्पति र बोटविरुवा रहेकाले तिनको संरक्षण हुन नसकेका खण्डमा समग्र मानवजातिकै अस्तित्व सङ्कटमा पर्न जाने विज्ञ बताउँछन् । विविधायुक्त खाना खाएका खण्डमा मानिसलाई मात्र होइन प्रकृतिको पनि हित हुनेछ । पर्यावरण संरक्षणमा पनि जैविक विविधताको ठूलो योगदान छ ।

कृषि जैविक विविधताको अभियान भान्साबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई सांस्कृतिसँग जोडेर माघे सङ्क्रान्तिलाई विविधता दिवसकारुपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्रका निर्देशक रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “हाम्रा चाडपर्व, रीतिरिवाज र अभ्यास कृषि जैविक विविधताका अभिन्न अङ्ग हुन् । कृषि जैविक विविधता र माघे सङ्क्रान्तिबीच अन्योन्याश्रित सम्बन्ध छ ।” सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवस माघ १ गतेदेखि विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाउने निर्णय गरेको छ ।

केन्द्र, प्रदेश र पालिकाबीचको समन्वयमा औपचारिक तथा अनौपचारिकरुपमा खाद्य परिकार मेला, अन्तक्र्रिया, संरक्षणमा योगदान पु¥याउनेलाई पुरस्कृत गरी मनाइनेछ । कृषि जैविक विविधताको महत्व, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको मुख्य उदेश्य हो । यसका लागि प्रचारप्रसार, सामाग्री प्रकाशन र वितरण, महत्व उजागर, उपलब्धिबारे जानकारी तथा संरक्षणका लागि प्रेरित गर्ने चेतनामूलक कार्यक्रम गरिने केन्द्रले जनाएको छ ।

जैविक स्रोत संरक्षणका लागि वृक्षरोपण, बीउ संरक्षण, सूचीकृत तथा रैथाने परम्परागत प्रविधि र सामाग्री सङ्कलन तथा प्रदर्शनसँग लक्षित कार्यक्रम छ । केन्द्रले रैथाने परिकार विविधीकरण र बजारीकरण, साझेदारी र सहकार्य, विद्यालय दिवा खाजा कार्यक्रममा रैथाने परिकार समावेश तथा जैविक विविधता संरक्षणमा संलग्नलाई सम्मान र पुरस्कृतका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रैथाने जात र स्थान विशेषको लोप हुन लागेका कृषि विविधतालाई जोगाउने काममा पनि केन्द्र समर्पित छ ।

कृषि जैविक विविधता संरक्षणका लागि किसान आयोग, सङ्घ र प्रादेशिक मन्त्रालय मतहतका कार्यालयबाट प्रवद्र्धनात्मक, प्रोत्साहनमूलक तथा विश्वविद्यालयद्वारा अध्यापन, अनुसन्धानको काम हुँदै आएको छ भने गैरसरकारुी सङ्घ संस्थाबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले स्थानीय रैथानेबाली प्रवद्र्धन तथा कृषि जैविक विविधता संरक्षणका लागि सातै प्रदेशका २७ पालिकालाई अनुदान सहयोग उपलब्ध गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.