भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

लकडाउन अवज्ञा गर्दै पसल खोले काठमाडौंका व्यापारीले

लकडाउन अवज्ञा गर्दै पसल खोले काठमाडौंका व्यापारीले

२२ जेठ २०७७, काठमाडौं । लकडाउनको अवज्ञा गर्दै काठमाडौंका केहि स्थानमा व्यापारीले पसल खोलेका छन् । कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको व्यापारीले बताएका छन् ।

तर प्रहरीले लकडाउन उलंघन भए देश नै समस्यामा पर्ने भन्दै पसल बन्द गर्न आग्रह गर्दा व्यापारी र प्रहरीबीच भनाभन समेत भएको छ । न्यूरोडमा रहेका अधिकांस पसहलरु खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।

व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाएर पसल खोलेको व्यापारीले बताएका छन् ।

सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब दिन समस्या भएकोले पसल खुल्ला गर्न बाध्यता भएको अध्यक्ष कटुवालले बताए। लकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको जिकिर गरेका छन् । यता सरकारले लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने जनाएको छ ।