भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

लिखित जवाफ पठाउन सिडिओलाई गृहको कडा निर्देशन

लिखित जवाफ पठाउन सिडिओलाई गृहको कडा निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलाई लिखित जवाफ दिन निर्देशन दिएको छ । महिनावारी हुँदा विद्यालयले आँगनमै कक्षा लिनुको कारण के हो ? किन बाहिर बलालेर कक्षा संचालन गरेको भन्दै गृहले फोन गरेर लिखित जवाफ मागेको हो।

तातोपानी गाउँपालिका–८ बारागाउँको जनजागृति आधारभूत विद्यालयका छात्राले ‘देउता रिसाउने र विद्या पनि हराउने डरले महिनावारी हुँदा विद्यालयको आँगनबाट भित्र नजाने गरेको’ समाचार बाहिरिएपछि सबैको ध्यान गएको छ । सो समाचारका विषयमा बुझेर गृहमन्त्रालयले प्रजिअ श्रेष्ठलाई फोन गरेको थियो ।

गृहको फोन पछि प्रजिअ श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमर रावतलाई फोन गरी जवाफ समेत मागिसकेका छन् । यता विद्यालयका प्रधानाध्यापक अमर रावतले सामाजिक कुसंस्कार र आस्थाका कारण छात्रा आफैँ कक्षाकोठाभित्र जान डराउने गरेको बताएका छन् । विद्यालयभित्र पुराना मन्दिर रहेकोले छात्राहरू जान नमानेको उनको तर्क छ ।