भर्खरै : Sorry, your browser does not support inline SVG.
सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन |

विदेशी हात्ती हटाएर हजारको नोटले ल्यायो नेपाली हात्ती

विदेशी हात्ती हटाएर हजारको नोटले ल्यायो नेपाली हात्ती

७ साउन २०७७ काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखेको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो बुधबारदेखि हटाइएको छ ।

२०६५ सालमा चितवनमा जन्मिएका जुम्ल्याहा हात्तीको तस्बीर हाल बजारमा आएको नोटमा समेटिएको छ । ती हात्तीको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो । २०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजाइन समितिको बैठक बसेको थियो ।

त्यतिबेला समितिका संयोजक तत्कालीन गभर्नर डा। युवराज खतिवडा थिए भने डेपुटी गभर्नर थिए महाप्रसाद अधिकारी ।सो समितिले २०७० सालमा नै निर्णय गरेको भए पनि मन्त्रिपरिषदले निर्णय गर्नेदेखि छपाइ प्रक्रिया सुरु गर्नेसम्मको प्रक्रियामा नै ढिलाइ भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.