३० बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको बेला भारतले नेपाली भूमि गुन्जी–लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमजदुर किसान पार्टी निकट जनवर्गिय संगठन देशव्यापी आन्दोलनमा उत्रिएका बेला प्रहरीले हस्तक्ष गरेको हो । यसैक्रममा नेमकिपा किर्तिपुरनगर समितिले आयोजना गरेको शान्तिपूर्ण जुलुशबाट नेक्राविसंघ केन्द्रीय सदस्य हृदय दाहाल, जगत अधिकारी, युवराज विक्रम शाही र दिपक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
देशको सार्वभौमिकता र अखण्डताको पक्षमा भारतीय विस्तारवादका विरुद्धको आन्दोलनमा लागेका विद्यार्थीहरुलाई पक्राउ गर्नु सरकारको नालायकी पन भएको संगठनले ठहर गरेको छ । नेक्राविसंघ केन्द्रीय समितिले उक्त कदमको निन्दा गर्दै विनाशर्त अविलम्ब विद्यार्थीलाई रिहागर्न माग गर्दै विज्ञप्ती जारी गरेको छ ।