२६ बैशाख २०७७ काठमाडाैं । ‘कोरोना कहरमा जव एउटा कविता वाचन गरेँ यहि बाट झन चर्चा बटुल्न सफल भए’ भन्ने गायीका तथा चर्चित कविता वाचक सरु गुरागाँइ अमेरिकामा बस्दै आएकी छन् ।
कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा बस्दै आएकी गायीका गुरागाँइले केन्टकी राज्यबाट कैलाश खबर विशेषमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे बताएकी छन् । उनका अनुसार अहिले नेपालीकाे अवस्था सामान्य रहेको छ ।
अमेरिकी सरकारले निरन्तर कोरोना भाइरसको औषधि अनुसन्धानमा वैज्ञानिक र चिकित्सकलाइ लगाएकाे बताएकी छन् । नेपाल सरकारले लकडाउन गरेर कोरोना नियन्त्रणका लागि गरेको प्रयासलाई सफल पार्न नेपालीलाइ आग्रह गर्दै विश्वको टाउको दुखाइ बनेको यो भाइरसबाट छुटकारा पाउन जो जहाँ भएपनि त्यहि ठाँउमा सुरक्षित रहनु नै उत्तम विकल्प भएकाे बताउछन् ।
केन्टकी राज्यमा पनि सुरक्षित बस्न सरकारले अनुरोध गरेको भन्दै यहाँ बस्ने सबै नागरिकलाइ आर्थिक सहयोग गरेको जानकारि दिइन् । कन्ट्रोलका लागि वैज्ञानिक, चिकित्सक खोज, अनुसन्धानमा लागिपरेकाले कोरोना के हो ?
रिसर्च अझै बाँकी रहेको भन्दै सबै जना आफ्नो सुरक्षा आफै कसरी गर्न सकिन्छ, त्यतातिर लाग्दा नै उत्तम विकल्प हुने बताइन । सरकारलाई केही गर्न सकेन भनेर गाली गर्नु भन्दा पनि यतिबेला यसबाट कसरी बच्न सकिन्छ ? भन्ने कुरा नै महत्वपूर्ण भएको उनको भनाई छ ।
कविता सुनाउदै सुरिलो स्वरकी धनी सरु गुरागाँइ..