भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

विश्व कविता दिवस मनाइदै

विश्व कविता दिवस मनाइदै

काठमाडौं । विविध साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ । आज यो दिवस नेपालमा पनि भव्य रुपमा मनाउन थालिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले बताए ।