भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

विश्व बसोबास दिवस मनाइँदै

विश्व बसोबास दिवस मनाइँदै

काठमाडौं । ‘समावेशी शहरबस्तीको आवश्यकता ः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोबास दिवस मनाइँदै छ ।

सहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोबास दिवस, २०७९ मूल तयारी समितिले संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्द्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको जानकारी गराएको छ ।

राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको हो ।नेपालले भने सन् २००१ देखि दिवस मनाउन थालेको तयारी समितिका संयोजक एवं मन्त्रालयको आवास महाशाखा प्रमुख रामचन्द्र दङ्गालले बताए ।

नेपालमा यस वर्ष अक्टोबरको पहिलो सोमबार बडा दशैँको महाअष्टमी पर्व परेकाले असोज ३१ गते अर्थात् अक्टोबरको तेस्रो सोमबार यो दिवस मनाउन लागिएको हो । दिगो विकास लक्ष्यको लक्ष्य १ दशमलव १ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ ।

सरकारले सुरु गरेको जनता आवास कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रम हाल प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा रहेको छ । केन्द्रीय सरकारले भने दुवै कार्यक्रमको समन्वय मात्र गरिरहेको सहसचिव दङ्गालले सुनाए ।