११ असार २०७७ सप्तरी । राजगढ गाउँपालिका–६ मा सर्पले डसेर १८ महिनाको बालकको मृत्यु भएको छ ।घरमा सुतिरहेको समयमा सर्पले डसेर मोहम्मद तैयब खानका छोराको मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएका बालकलाइ उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सप्तरीले जनाएको छ ।