भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुदूरपश्चिम ‘ठूलीरात’ धुमधामका साथ मनाउदै

बैतडी । सुदूरपश्चिममा आज ठूलीरात धुमधामका साथ मनाइँदैछ । पुस १५ु सबै भन्दा लामो रात हुने विश्वास रहिआएकाले आजको रातलाई ठूलीरात भन्ने गरिएको हो। रातमा मिठा( मिठा खानेकुरा पकाउने, जाग्राम बस्ने, डेउडा खेल्ने र बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन चलिआएको यहाँका स्थानीयले बताएका छन् ।

पहिले पहिले आजको राती उखु पेलेर गुड बनाउने,उखान टुक्‍का भन्ने र कथा कहाँनी वाचन गरेर रात कटाउने चलन थियो । तर पछिल्लो समयमा यो चलन विस्तारै हराउँदै गएको छ। पुस १५ को रात गाउँका सबै मानिस एउटै घरमा जम्मा भएर मुढाबाल्ने चलन अहिले हराँउदै गएको छ ।

आजको रात तरुल, सखरखण्ड, फर्सीलगायतका कन्दमूल खाने चलन रहेको छ। घिउमा पकाएका सेलरोटी, माडा खाने चलन पनि रहेको संस्कृतिका जानकार बताउछन् । पुसको महिना धेरै चिसो हुने भएकाले चिसोबाट बच्न घिउमा पकाएका खानेकुरा खाने चलन रहिआएको छ ।

विशेषगरी रातभरि नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिंदो परिवेशसँगै यसको महत्व हराउँदै गएको छ। दिनहरु बिस्तारै लामो हुँदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ।

 


Thali Mobile Pvt.Ltd.