भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘हलियालाई घर वितरण’

‘हलियालाई घर वितरण’

कञ्चनपुर । बागफाँटाका मुक्त हलियाले घर पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएको नमुना वस्ती एक कार्यक्रमको आयोजनामा हस्तान्तरण गरिएको हो ।
एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो ।

हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताईएको छ । राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने घोषणा मन्त्रालयले गरेको छ ।

सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदूरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।