भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

१२० दिनको लकडाउन खुल्यो

१२० दिनको लकडाउन खुल्यो

६ साउन २०७७ काठमाडौं । कोरोना भाईरसका कारण सरकाले लागु गरेको १२० दिन लामो लकडाउन अन्त्य गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार मध्यरातिदेखि लागु गर्ने गरी अन्त्य गरेको हो । चैत्र ११ गतेबाट लागु गरेको लकडाउन खुल्ला गरेपनि केही क्षेत्रहरु भने बन्द नै रहने छन् ।

सरकारले मानिसहरु अत्याधिक भेला हुने स्थानहरुमा भने प्रतिबन्द कायमै राखेको छ । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको संचारमन्त्री युवराज खतिवडाले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनको भनाइ छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1180161125652669/

प्रतिबन्धित विषय
होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्रै खुल्ला हुनेछ भने आन्तरिक तथा बाह्य हवाई तथा लामो–छोटो दुरीका यातायात पनि भदौं १ गतेबाट मात्रै संचालनमा ल्याउन पाइने गरी खुल्ला गरेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानाहरु खुल्न पाउने छैन ।

 


Thali Mobile Pvt.Ltd.