११ असार २०७७ दाङ । थप एक जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसँगै दाङमा संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ । बंगलाचुली गाउँपालिकाका ३ जना र घोराहीका १ जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष मेघराज रानालाई कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । सोहि गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष यनुराज खत्री र वडा नम्वर ६ का वडा सदस्य चित्र बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि यस अघिनैभएको थियो ।
त्यस्तै उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशवराज आचार्यमा पनि कोरोना पुष्टि भएको थियो । अहिले सम्म गाउँपालिकामा १३१ जनालाई कोरोना पुष्टि भएको छ ।
२१ जना डिस्चार्ज भएका छन् भने गाउँपालिकामा कोरोना पुष्टि भएका जनप्रतिनिधि र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिसबै भारतबाट आएका हुन् ।
कोरोना संक्रमण भएका केही ब्यक्ति कोरोना बिशेष अस्पताल बेलझुण्डी, केही गाउँपालिकाको आईसोलेसन र जिल्ला विपद् ब्यवस्थापन समितीले बनाएको आईसोलेसनमा रहेको छन् ।