पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ आज राजीनामा दिने तयारी गरेको उनको भनाइ छ । त्यसअघि विभिन्न विषयमा छलफल गर्न भन्दै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो ।
तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्न लागेका हुन् । पाण्डेले मंगलबार संसदीय दलका सदस्यसँग छलफल गर्दै सुझावसमेत मागेका थिए । सांसदहरुले पनि अहिलेको अवस्थामा राजीनामा दिएर जानु नै उपयुक्त हुने सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा...
काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि...
काठमाडौँ । जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । सभामुख देवराज घिमिरेलाई चौथो पटक विश्वासको मत लिनेबारे बिहीबार साँझ प्रधानमन्त्रीले जानकारी गराएका हुन...
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार...