भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह

अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौ । तराई क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पानी पर्ने क्रम कम भएपछि गर्मी बढेको हो ।

महाशाखाले तराई क्षेत्रमा अबको केही दिन तातो हावाको लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्ने जनाएको छ ।

तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.