भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गुल्मी बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाइते १२ जनाको उपचार हुँदै

गुल्मी बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाइते १२ जनाको उपचार हुँदै

गुल्मी । गुल्मीको रिडी–तम्घास पक्की सडक खण्डमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् भने घाइते सबैको पाल्पामा उपचार भइरहेको छ।

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको हो । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.