भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गुल्मी बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाइते १२ जनाको उपचार हुँदै

गुल्मी बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाइते १२ जनाको उपचार हुँदै

गुल्मी । गुल्मीको रिडी–तम्घास पक्की सडक खण्डमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् भने घाइते सबैको पाल्पामा उपचार भइरहेको छ।

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको हो । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.