भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राहत सामग्री बोकेको गाडीमाथि आक्रमण, ७ जनाको मृत्यु

राहत सामग्री बोकेको गाडीमाथि आक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि इजरायली सेनाले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । आक्रमणपछि वर्ल्ड सेन्ट्रल किचनले सहायता बन्द भएको छ ।

इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वर्ल्ड सेन्ट्रल किचनले जनाएको छ ।

इजरायली सेनाले हवाई आक्रमण गरेको थियो । वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरु तीनवटा गाडीमा थिए । ती तीनवटै गाडी हमलामा परेका थिए । घटनास्थलको फोटोमा एउटा गाडीको छतमा ठूलो भ्वाङ परेको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.