भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बिहीबारको संसदमा विवाद भएपछि सत्ता र प्रतिपक्षबीच दुरी बढ्यो

बिहीबारको संसदमा विवाद भएपछि सत्ता र प्रतिपक्षबीच दुरी बढ्यो

काठमाण्डौ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । संसदमा बिहीबारसत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच तनाव भएपछि छानविन समिति बनाउने विषय झन पेचिलो बन्दै गएको हो ।

संसदमा तनावको स्थिति बन्नुमा सत्तापक्ष र प्रतिपक्षले एक–अर्कालाई दोष लगाएका छन् । कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेको बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाएपछि विवाद सिर्जना भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनावको अवस्था आएको प्रमुख प्रतिपक्षको आरोप रहेको छ । बिहीबार संसद बैठक बस्नुअघि यस विषयमा दलहरु सहमतिको नजिक पुगेको भनिए पनि त्यसपछि संसदमा भएको तनावले अविश्वास बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदीय समिति गठन नहुने घोषणा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.