भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिहीबारको संसदमा विवाद भएपछि सत्ता र प्रतिपक्षबीच दुरी बढ्यो

बिहीबारको संसदमा विवाद भएपछि सत्ता र प्रतिपक्षबीच दुरी बढ्यो

काठमाण्डौ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । संसदमा बिहीबारसत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच तनाव भएपछि छानविन समिति बनाउने विषय झन पेचिलो बन्दै गएको हो ।

संसदमा तनावको स्थिति बन्नुमा सत्तापक्ष र प्रतिपक्षले एक–अर्कालाई दोष लगाएका छन् । कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेको बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाएपछि विवाद सिर्जना भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनावको अवस्था आएको प्रमुख प्रतिपक्षको आरोप रहेको छ । बिहीबार संसद बैठक बस्नुअघि यस विषयमा दलहरु सहमतिको नजिक पुगेको भनिए पनि त्यसपछि संसदमा भएको तनावले अविश्वास बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदीय समिति गठन नहुने घोषणा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.