भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा तोसिबाले चार हजार नोकरी कटौती गर्ने

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा तोसिबाले चार हजार नोकरी कटौती गर्ने

एजेन्सी । चार हजार नोकरी कटौती गर्ने जापानको तोसिबा कम्पनीले योजना बनाएको बताएको छ । समस्याग्रस्त तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रम अनुसार नोकरी कटौती गर्ने जनाएको हो ।

व्यवस्थापनको कठिन निर्णय भए पनि तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक रहेको तोसिबाले जनाएको छ । जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर पछिल्लो समय शीघ्र सेवानिवृत्ति योजना वा स्वेच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको पाइन्छ ।

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी गएको डिसेम्बरमा एउटा सङ्गठनले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।
कम्पनीको सेयरहरू डिलिस्टिङ अर्थात स्टक मार्केटबाट हटाईएको थियो ।

यस योजना अन्तर्गत मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीलाई स्वेच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.