भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा तोसिबाले चार हजार नोकरी कटौती गर्ने

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा तोसिबाले चार हजार नोकरी कटौती गर्ने

एजेन्सी । चार हजार नोकरी कटौती गर्ने जापानको तोसिबा कम्पनीले योजना बनाएको बताएको छ । समस्याग्रस्त तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रम अनुसार नोकरी कटौती गर्ने जनाएको हो ।

व्यवस्थापनको कठिन निर्णय भए पनि तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक रहेको तोसिबाले जनाएको छ । जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर पछिल्लो समय शीघ्र सेवानिवृत्ति योजना वा स्वेच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको पाइन्छ ।

कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी गएको डिसेम्बरमा एउटा सङ्गठनले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।
कम्पनीको सेयरहरू डिलिस्टिङ अर्थात स्टक मार्केटबाट हटाईएको थियो ।

यस योजना अन्तर्गत मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीलाई स्वेच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.