भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयरल्याण्डले युवा प्रधानमन्त्री बन्ने पाउँने निश्चित

आयरल्याण्डले युवा प्रधानमन्त्री बन्ने पाउँने निश्चित

एजेन्सी । आयरल्याण्डका सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । आयरल्याण्डमा ३७ वर्षिय ह्यारिस प्रधानमन्त्री बन्ने भएका हुन ।

सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता चयन हुने भएपछि प्रधानमन्त्री बन्ने पक्का भएसँगै आयरल्याण्डले युवा प्रधानमन्त्री पाउने पक्का भएको हो ।

गत बुधवार वराडकरले पार्टी नेता र प्रधानमन्त्री पद छाड्ने घोषणा गरेपछि आयरल्याण्डको सत्तारुढ दलले नयाँ नेताको चयन प्रक्रिया थालेको थियो ।

आइतबार मनोनयनन दर्ता गर्ने अन्तिम समयसम्म ह्यारिसको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मतरुपले दलको नेता र प्रधानमन्त्री बन्ने भएका हुन् ।

वर्तमान प्रधानमन्त्री वराडकरले “व्यक्तिगत र राजनीतिक कारणले’’ राजीनामा दिएको र अब आफु देशको नेतृत्वका लागि उत्तम व्यक्ति नभएको प्रतिक्रिया दिएका थिए ।

वर्तमान सरकारका उच्च शिक्षा मन्त्री ह्यारिस संभवत अर्को महिना देशको प्रधानमन्त्री बन्नेछन् । उनले वर्तमान प्रधानमन्त्री लियो वराडकरलाई प्रतिस्थापन गर्दैछन् ।

 


Thali Mobile Pvt.Ltd.