भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा

काठमाडौं । सरकारले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा गरेको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । उनले जयनगर बर्दिबास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिबास खण्ड र बसनाह–विराटनगर खण्डको जग्गा प्राप्तीको काम सम्पन्न गर्ने समेत घोषणा गरे ।

सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रकम विनियोजन भएको छ ।

साथै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम छुट्याएको छ । वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ ।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.